+
+
Shares

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेकोप्रति माओवादीको आपत्ति

बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १५:२८
बुधबार बसेको लेखा समितिको बैठक (तस्वीर : रासस)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो दलको सहभागिता नदिएकोमा आपत्ति जनाएको छ।
  • सांसद लेखनाथ दाहालले बैठकमा गम्भीर आपत्ति जनाउँदै उपसमितिमा आफ्नो दललाई सहभागी नगराएको विषयप्रति ध्यानाकर्षण गराए।
  • उपसमितिमा विभिन्न दलका सांसदहरू सदस्य रहेका छन्।

७ जेठ, काठमाडौं । भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई सहभागी नबनाएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति बनाएको थियो । जसमा आफ्नो दललाई सहभागीता नगराइएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाएका छन् ।

बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति जनाए ।

‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीयज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ । यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु,’ समितिको बैठकमा उनले भने ।

उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, कांग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह  सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?