+
+
Shares

कुकुर उद्धार दिवस २०२५ मा विद्यार्थीले गरे ‘ब्रुनो’को उपचार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेट फर एनिमल वेलफेरले \'डग रेस्क्यु डे\' का अवसरमा ३० जना भेटले बिरामी कुकुर \'ब्रुनो\'को उपचार गरेको छ।

७ जेठ, काठमाडौं । भेट फर एनिमल वेलफेर’ले ‘डग रेस्कयु डे’का अवसरमा एउटा बिरामी कुकुर ‘ब्रुनो’को उपचार गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, पाकिहवा क्याम्पसमा पशुचिकित्सा अध्ययन गर्दै गरेका विद्यार्थीहरूले सहयोग उठाएर कुकुरको उपचार गरेका हुन् । भेट फर एनिमलका कार्यकारी सदस्य काव्य घिमिरेका अनुसार ब्रुनोलाई लुतो लगायतका विभिन्न छालाको समस्या भएर छालामा घाउ र शरीरको रौँ झरेको थियो ।

कुकुरहरुलाई खाना खुवाउन जाने क्रममा बिरामी ब्रुनोलाई देखेपछि उसको उपचार गर्ने निर्णय गरेको घिमिरेले बताए । ‘हामीले हिजो कुकुरलाई नुहाइदिने, खाना दिने र उसको उपचार गरिदियौँ’ घिमिरेले भने, ‘अब ब्रुनोलाई थप राम्रो हेरचाह, उचित औषधि, उपचारका लागि सहयोग गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?