
News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक लेखा समितिमा दुई सांसदबीच चर्काचर्की भएको छ ।
- लेखा समितिका सदस्य एवं सांसद मञ्जु खाँड र सांसद असिम शाहबीच चर्काचर्की भएको हो ।
- अरु सांसदहरूले संयम रहन आग्रह गरेपछि दुवैबीचको चर्काचर्की साम्य भएको थियो ।
७ फागुन, काठमाडौं । अनुसन्धानको दायरामा परेको व्यक्तिलाई छानबिन उपसमितिको संयोजक बनाएकोमा प्रश्न गरेपछि सार्वजनिक लेखा समितिमा दुई सांसदबीच चर्काचर्की भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले मञ्जु खाँणलाई भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक बनाएकोमा प्रश्न उठाएका हुन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेको व्यक्तिलाई नै संयोजक बनाउनुको कारणबारे उनले प्रश्न उठाएका थिए ।
त्यसपछि लेखा समितिका सदस्य एवं सांसद मञ्जु खाँणले आपत्ति जनाइन् । उनले भनिन्, ‘तपाईंले के भन्नुभएको ? यसमा मेरो घोर आपत्ति छ । मलाई लेखा समितिले नै संयोजक तोकेको हो ।’
त्यसपछि सांसद शाहले ‘त्यसैले त तपाईंमाथि प्रश्न उठेको छ’ भनी प्रश्न गरेका थिए ।
खाँणले थपिन्, ‘मेरो कामकारबाहीमा प्रश्न गरेको भए ठिकै हुन्थ्यो । न म कुनै कारबाहीमा परेको छु । मिडियाले भनेको भरमा अपराधी बनाउने ? यो त अति नै भयो ।’
खाँणले थप भनिन्, ‘तपाईंको पार्टी सभापति कहाँ हुनुहुन्छ ? कुन केसमा हुनुहुन्छ ? सबैले सर्वसम्मतिमा म महिलालाई संयोजक बनाउँदा तपाईंलाई आपत्ति ?’
त्यसपछि उनले प्रश्न फिर्ता लिन सांसद शाहलाई आग्रह गरिन् । अरु सांसदहरूले संयम रहन आग्रह गरेपछि दुवैबीचको चर्काचर्की साम्य भएको थियो ।
प्रतिक्रिया 4