+
+
Shares

विश्वचर्चित रेस्लिङ स्टार डार्बी एलिन सगरमाथाको चुचुरोमा

उचाइमा राखे किकफ्लिपको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते २२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल एलिट रेस्लिङ स्टार डार्बी एलिनले आइतबार सगरमाथा आरोहण गरी इन्स्टाग्राममा जानकारी दिए।
  • उनले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा एइडब्लुको झण्डा गाडेको र किकफ्लिप गर्दै विश्व रेकर्ड राखेको बताए।
  • एलिन र उनको टोली अमेरिका फर्किएपछि एइडब्लु टेलिभिजनमा फर्कने अपेक्षा गरिएको छ र उनी डिसेम्बर २०२४ देखि बिदामा छन्।

काठमाडौं । अल एलिट रेस्लिङ स्टार डार्बी एलिनले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । आइतबार आफू सर्वोच्च शिखरको चुचुरोमा पुगेको जानकारी उनले इन्स्टाग्रामबाट दिएका छन् ।

‘माउन्ट एभरेस्ट समिट’ एलिनले आफू र आफ्नो आरोही टोलीले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा एइडब्लुको झण्डा गाडेको तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘जीवनमा सबै कुराको लागि एइडब्लुलाई धन्यवाद । साहसिक र अद्भुत शेर्पाको टोलीलाई धन्यवाद, यो दृश्य रमाइलो थियो ।’

३२ वर्षिय एलिन सगरमाथा चढ्ने सम्भवतः पहिलो प्रो-रेस्लर हुनसक्ने बताइएको छ । आरोहणको क्रममा २० हजार ९५८ मिटरको उचाइमा एलिनले किकफ्लिप गरेर विश्व रेकर्ड समेत राखेको विवरणहरूमा जनाइएको छ । सर्वाधिक उचाइमा पहिलोपटक स्केटबोर्ड प्रस्तुत गरेको जनाइएको छ ।

 

View this post on Instagram

 

A post shared by DARBY ALLIN (@darbyallin)

एलिन र उनको टोली अमेरिका फर्किएपछि एइडब्लु टेलिभिजनमा फर्कने अपेक्षा अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एलिन डिसेम्बर २०२४ देखि बिदामा छन् । उनी रेस्लिङ रिङमा फर्किने मिति पुष्टि नभएपनि जुलाई २०२५ देखि काममा फर्किने जनाइएको छ ।

 

View this post on Instagram

 

A post shared by Berrics (@berrics)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?