News Summary
Generated by OK AI. Editorially reviewed.- टोटनहाम हट्स्परले म्यान्चेस्टर युनाइटेडलाई हरायो।
- टोटनहामले यसपटक उपाधि जितेर आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनेछ।
८ जेठ, काठमाडौं । ब्रेन्नन जोनसनले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतले टोटनहाम हट्स्परले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि जितेको छ ।
स्पेनी सहर बिल्बाओको सान ममेस स्टेडियममा भएको फाइनल खेलमा महत्वपूर्ण गोल गर्ने क्रममा जोनसनले ४२औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।
गोल बेहोरे पनि पुनरागमन गर्ने क्षमता राख्ने युनाइटेडले यसपटक भने पुनरागमन गर्न सकेन । कुल १६ शट एटेम्पट गरेर ६ वटा टार्गेटमा राखेपनि गोल भने निस्कन सकेन । अर्कोतर्फ टोटनहामको त्यही एउटा गोल नै एकमात्र शट अन टार्गेट रह्यो ।
१७ वर्षपछि कुनै उपाधि जितेको टोटनहामले अब युरोपा लिग विजेताको हैसियतले आगामी सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबल पनि खेल्नेछ ।
टोटनहामसँगै इंग्लिस प्रिमियर लिगमा शीर्ष ५ फिनिस गर्ने टोली पनि च्याम्पियन्स लिगमा छनोट हुनेछन् । जसमध्ये लिभरपुल र आर्सनलको स्थान पक्का हुँदा अन्य ३ टिमको टुंगो लाग्न बाँकी छ ।
प्रतिक्रिया 4