
News Summary
Generated by OK AI. Editorially reviewed.- अञ्जलीको शव पूजा कोठामा फेला परेको थियो र शव भेटिनुअघि नै श्रीमान् हरिराम यादव फरार थिए ।
- हरिराम १० महिने छोरीसहित फरार भएका थिए, छोरीको अवस्था भने अझै अज्ञात छ ।
- प्रहरीले घटनाबारे आज पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ।
८ जेठ, जनकपुरधाम । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।
उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।
हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ । श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।
धनुषा प्रहरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर हरिरामलाई सार्वजनिक गर्ने तयारी गरेको छ । धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले पत्रकार सम्मेलनमार्फत् घटनाको विस्तृत विवरण सार्वजनिक गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4