
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बजारमा एभोकाडोको मूल्य बुधबारदेखि फेरि उकालो लागेको छ।
- कालीमाटी बजारले निर्धारण गरेको मूल्यसूची अनुसार आज थोक मूल्य प्रतिकिलो ७ सय रुपैयाँ छ।
- अघिल्लो महिनामा एभोकाडोको मूल्य २ सय २० देखि ३ सय रुपैयाँको बीचमा थियो।
८ जेठ, काठमाडौं । स्थानीय बजारमा एभोकाडोको मूल्य फेरि उकालो लागेको छ । बुधबार प्रतिकिलो ६३ रुपैयाँले बढेको एभोकाडोको मूल्य आज फेरि ९७ रुपैयाँ बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार आज एभोकाडोको मूल्य थोकमा प्रतिकिलो ७ सय रुपैयाँ कायम छ । बुधबार एभोकाडो किलोको ६ सय ३ रुपैयाँमा किनबेच भएको थियो । मंगलबार भने प्रतिकिलो ५ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
४ महिनाअघि एभोकाडो प्रतिकिलो २ सय २० देखि ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
२०८१ माघ दोस्रो साता बजारमा एभोकाडोको थोक भाउ किलोको ४ सयदेखि ४ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि फागुन दोस्रो साता आइपुग्दा भाउ बढेर ५ सय ८० देखि ६ सय रुपैयाँसम्म पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4