
News Summary
Generated by OK AI. Editorially reviewed.- शव बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको सित्खा गोगनपानीमा दुर्घटना भयो।
- दुर्घटनामा चार जना सवार थिए, तीन जना घाइते भएका छन्।
- घाइतेहरूलाई थप उपचारका लागि धुलिखेल पठाइएको छ।
८ जेठ, काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले अनलाइनखबरलाई जानकारी दिए । सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए ।
शव बोकेको उक्त एम्बुलेन्समा चार जना सवार रहेकोमा तीन जना घाइते भएको भट्टले बताए । घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापकै २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई छन् ।
उनीहरूलाई उद्धार गरी प्र–३–०१–०२३ च नम्बरको एम्बुलेन्समा उपचारका लागि धुलिखेल पठाइएको डीएसपी भट्टले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4