+
+
Shares

‘काठमाण्डु कोरिडोर’ फिल्म निर्माणमा अस्कर कलेजले सघाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्कर कलेजले प्रतिभाशाली विद्यार्थीलाई फिल्म निर्माणमा सहयोग गर्न नयाँ फिल्म ‘काठमाण्डु कोरिडोर’ निर्माण गरिरहेको छ।
  • फिल्मको निर्देशन सुरज कटुवालले गर्नेछन् र छायांकन जेठको दोस्रो हप्तादेखि सुरु हुनेछ।
  • कलेजले प्राविधिक उपकरण र स्रोतसाधन उपलब्ध गराएर विद्यार्थीहरूको फिल्म निर्माणमा सहायता गर्ने जनाएको छ।

काठमाडौं । दुई दशक लामो सिनेमा पठनपाठनको क्रममा दक्ष जनशक्ति उत्पादन गरिसकेको अस्कर कलेजले दीक्षित भएर फिल्म बनाउन बाटो खोजिरहेका प्रतिभाशाली र क्षमतावान् विद्यार्थीलाई फिल्म निर्माणमा सघाउने भएको छ ।

दीक्षित विद्यार्थी र कलेजको सहकार्यमा पहिलोपल्ट निमार्ण हुन लागेको फिल्मको शीर्षक अनावरण गरिएको छ । कलेज परिसरमा आयोजित कार्यक्रममा फिल्मको नाम ‘काठमाण्डु कोरिडोर’ रहने कुरा सार्वजनिक गरिएको हो ।

मिराज मोसन पिक्चर्सको प्रस्तुति तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्य रहने ‘काठमाण्डु कोरिडोर’ फिल्मको निर्देशन सुरज कटुवालले गर्नेछन् । उनी कलेजकै पटकथा लेखन तथा फिल्म निर्देशनमा दीक्षित विद्यार्थी हुन् । उनले हाल चर्चामा रहेको फिल्म ‘ऊनको स्वीटर’को पटकथामा सह–लेखन गरेका हुन् ।

छायांकन जेठको दोस्रो हप्तादेखि सुरू हुने छायांकार तथा निर्माता उज्जल बस्ताकोटीले बताए । उनी कान्समा अवार्ड जितेको सर्ट फिल्म लोरी, चिसो एस्ट्रे र पाकिस्तानी फिल्म याज्मिनस् एलिमेन्ट जस्ता फिल्मका सिनेमेटोग्राफर हुन् ।

प्राध्यापक रामराजा दाहालले विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुने भएकोले त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीलाई निर्माणका लागि सहयोग गर्ने निर्णय लिएको बताए ।

कलेजले फिल्म निर्माणका लागि चाहिने प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने उनले जनाए ।

फिल्ममा शान्तिदूत पाण्डे, अञ्जसा रिजाल, गुड्डु, योगेन्द्र राना, इन्दु लम्साल, नुसा लिम्बु, दीपक केसी, सुदन पोखरेल, निरु खड्का, सुवर्ण थापा, सुचित्रा उप्रेती, शाश्वत पाण्डेले अभिनय गर्नेछन् । रिजालले गतवर्ष रिलिज भएको फिल्म ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी छन् ।

शर्मिला आलेको सहलेखनमा बन्ने फिल्ममा कृष्ण भण्डारीले सम्पादनको भूमिका निर्वाह गर्नेछन् । सुदाम सिके कास्टिङ निर्देशक र जेम्स ढकाल सहायक कास्टिङ निर्देशक छन् । फिल्मको कला निर्देशन मञ्जुश्री नेपालीले गर्नेछिन् आकृति ढुङ्गानाको प्रोडक्सन डिजाइन रहने छ । निर्माण व्यवस्थापन मदन श्रेष्ठले गर्नेछन् ।

सहायक निर्देशन अश्विन थापा, सहायक छायाँकार रञ्जन महत र सहायक निर्माण व्यवस्थापन विज्ञान थापाले गर्नेछन् । कलेजका शिक्षक मनोजबाबु पन्तले फिल्मको पटकथा सल्लाहकारको भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?