+
+
Shares

परराष्ट्रमन्त्री आरजु र जापानी विदेशमन्त्री इवायाबीच भेटवार्ता

भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणा र जापानी विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोमा भेटवार्ता भयो।
  • भेटमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध, सहयोग र ७० वर्षको इतिहासबारे छलफल भयो।
  • नेपालले जापानको आर्थिक र सामाजिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्यो।

९ जेठ, काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानी विदेशमन्त्री इवाया ताकेसीबीच भेटवार्ता भएको छ। बिहीबार राजधानी टोकियोस्थित विदेश मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ।

भेटमा परराष्ट्रमन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

यस्तै दुवै समकक्षीबीच नेपाल र जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षमा छलफल भएको थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उतत्सव मनाउँदै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?