News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले टी-२० अभ्यास खेलमा ग्लोसेस्टरशायरलाई दुवै खेलमा हरायो ।
- ओपनर आसिफ शेखले ८४ रन बनाएर नेपाललाई सहज जित दिलाए।
- ग्लोसेस्टरशायरले १६९ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले १४.२ ओभरमा पूरा गर्यो।
९ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ र टी-२०आई शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको दुवै टी-२० अभ्यास खेलमा सहज जित निकालेको छ ।
पहिलो खेलमा ७३ रनको जित निकालेको नेपालले लगत्तै भएको दोस्रो खेलमा ५ विकेटको जित निकालेको हो । ग्लोसेस्टरशायरले दिएको १६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले ४२ बलमा १३ चौका र १ छक्कासहित अविजित ८४ रन बनाए । आरिफ शेखले ३० तथा अनिल साहले १८ रन बनाए । गुल्शन झाले १५ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ग्लोसेस्टरशायरले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । डारुश अहमदले सर्वाधिक ५२ तथा टमी बूरमानले अविजित ४१ रन बनाए ।
नेपालका सोमपाल कामीले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4