
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जानकारी दिएअनुसार आज गोलभेँडाको मूल्यमा गिरावट आएको छ।
- भारतीय ठूलो गोलभेँडाको थोक मूल्य १८ रुपैयाँ घटेर ३७ रुपैयाँ पुगेको छ।
- लोकल र टनेलको सानो गोलभेँडाको मूल्य क्रमशः ११ र १५ रुपैयाँ घटेको छ।
९ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार गोलभेँडाको भाउमा गिरावट आएको हो ।
आज भारतीय ठूलो गोलभेँडाको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । बिहीबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडाँको भाउ आज ३७ रुपैयाँ कायम छ ।
आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ११ रुपैयाँ घटेको छ । लोकल गोलभेँडा किलोको ४१ रुपैयाँ कायम छ । बिहीबार लोकल गोलभेँडा प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो १५ रुपैयाँ घटेको छ । आज टनेलको सानो गोलभेँडा किलोको ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार प्रतिकिलो ६५ रुपैयाँ थियो।
प्रतिक्रिया 4