+
+
Shares

परराष्ट्रमन्त्री राणा र जाइका अध्यक्ष तानाकाबीच भेटवार्ता

जापानको राजधानी टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सीका अध्यक्ष डा. तानाका अकिहिकोबीच काठमाडौंमा भेट भएको हो।
  • भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ।
  • मन्त्री राणाले जापानको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नागढुंगा सुरुङमार्ग र सडक पुनर्निर्माण परियोजनाका विषयमा चर्चा गरे।

९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ ।

जापानको राजधानी टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले विगत लामो समयदेखि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

भेटमा मन्त्री राणाले नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली–बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मतसम्भारलगायतका परियोजनामा पनि चर्चा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?