
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन योजनाको गति बढाउन निर्देशन दिए।
- सडक विभागले वाँकी अवधिमा अधिकतम काम गर्न र समस्या समाधान गर्न आग्रह गरियो।
- मन्त्री दाहालले वर्षायाममा यातायात अवरुद्ध नहोस भनी विकल्प तयार पार्न निर्देशन दिए।
९ जेठ, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन पूर्वाधारका योजना तथा आयोजनाहरूको निर्माण गति बढाउन निर्देशन दिएका छन् ।
सडक विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको वार्षिक एकीकृत सडक मर्मत योजनालाई सम्बोधन गर्दै उनले उनले चालु आर्थिक वर्षको वाँकी अवधिलाई अधिकतम उपयोग गर्न निर्देशन दिए ।
‘यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा बढी काम गर्नु पर्ने बेला पनि यही हो,’ मन्त्री दाहालले भने, ‘अब कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तो तेज भएर काम गर्नु होला।’
आफूले जिम्मेवारी लिए देखिनै रुग्ण आयोजनाहरुको समस्या समाधानमा प्राथमिकता दिएको उल्लेख गर्दै उनले समस्या देखिएका आयोजनाको समाधान निकाल्नसमेत निर्देशन दिए । अब सुरू हुने कुनै पनि आयोजना अलपत्र हुन नदिन ध्यान दिन उल्लेख गर्दै मन्त्री दाहालले समस्या लुकाउने नभई सामूहिक प्रयासबाट समाधान खोज्न पनि आग्रह गरे ।
वर्षायाम सुरु हुन लागि सकेकाले क्षति भएका तथा निर्माणाधीन सडकहरुमा यातायात अवरुद्ध हुन नदिने गरि विकल्प तयार पार्न भन्दै उनले अधिकतम श्रोत साधन परिचालन गरेर भए पनि यातायात अवरुद्ध हुन नदिन समेत निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत रुग्ण आयोजनाहरुको समस्या समाधानमा ध्यान दिन निर्देशन दिँदै योजना, आयोजनाहरु अलपत्र पार्ने क्रम रोक्न आग्रह गरे ।
प्रतिक्रिया 4