News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल २०२५ को प्लेअफमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किङ्स र मुम्बई इन्डियन्स पुगेका छन्।
- शीर्ष २ मा पुग्ने टोलीको टुंगो खेल परिणाम र नेट रनरेटले निर्धारण गर्नेछ।
- गुजरात, बेंगलुरु र पञ्जाबको बाँकी खेलले तालिकाको शीर्ष २ मा पुग्ने अन्तिम निर्णय गर्नेछ।
९ जेठ, काठमाडौं । आईपीएल २०२५ को प्लेअफ खेल्ने चार टिमहरू तय भइसकेका छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किङ्स र मुम्बई इन्डियन्स प्लेअफमा पुगेका छन् ।
प्लेअफमा छनोट भएपनि शीर्ष २ मा फिनिस गर्ने टिमको भने टुंगो लाग्न बाँकी छ । अब यी चार टिममध्ये शीर्ष २ मा पुग्नको प्रतिस्पर्धा चलिरहेको छ। शीर्ष दुई टिमले मे २९ मा क्वालिफायर १ खेल्नेछन् जसको विजेता सिधै फाइनलमा पुग्नेछ।
मुम्बईको शीर्ष २ सम्भावना सबैभन्दा कम देखिँदा अन्य तीन टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विशेषगरी पञ्जाब र मुम्बईबीचको खेलबाहेक यी टोलीहरूको बीचमा अन्य खेल बाँकी नहुँदाको अवस्थामा प्रतिस्पर्धा थप रोचक देखिएको छ ।
गुजरात टाइटन्स हाल १३ खेलमा १८ अंक जोडेर शीर्षस्थानमा छ । बिहीबार लखनउसँग पराजित भएपछि शीर्ष २ सम्भावनामा केही झट्का लागेको छ । अब गुजरातको बाँकी खेल चेन्नई सुपर किङ्ससँग घरमै छ ।
अन्तिम खेलमा चेन्नईलाई हराएर २० अंकमा पुग्नेछ भने शीर्ष २ मा पर्न बेंगलुरु र पञ्जाबमध्ये एक टोलीले कम्तीमा एक खेल हार्नुपर्नेछ । दुवैले बाँकी खेल जिते भने गुजरात तेस्रो स्थानमा झर्न सक्छ।
बेंगलुरु वा पञ्जाबमध्ये एक टोलीले दुवै खेल हारेमा भने अर्को टोलीको नतिजाले २० अंकमा भएको गुजरातलाई फरक पर्ने छैन ।
रोयल च्यालेन्जर्स बेंगलुरु अहिले १२ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलुरुले शुक्रबार हैदराबादसँग खेल्दैछ भने अन्तिम खेल लखनउसँग खेल्ने छ ।
बाँकी दुवै खेल बेंगलुरुले जितेमा २१ अंकमा पुग्नेछ र पञ्जाबले बाँकी १ वा २ खेल हारेमा अथवा गुजरातले अन्तिम खेल हारेमा बेंगलुरु शीर्ष २ मा पर्ने पक्का हुनेछ ।
पञ्जाबले पनि दुवै खेल जितेमा भने सर्वाधिक जितका आधारमा बराबर हुने भएर नेटरनरेट प्रयोगमा आउन सक्छ । गुजरात पराजित भएमा बेंगलुरु एकमात्र जितले पनि शीर्ष २ मा पर्ने छ ।
दुवै खेल हारेमा भने बेंगलुरुको सम्भावना हुनेछैन । गुजरात पहिल्यै अगाडि रहेको र पञ्जाब र मुम्बईबीचको खेल जसले जिते पनि अगाडि जानेछन् ।
बेंगलुरसँग समान खेलबाट समान १७ अंक भएको पञ्जाब नेट रनरेटमा केही पछाडि छ । पञ्जाबले अब दिल्ली र मुम्बईसँग खेल्न बाँकी छ । दुवै खेल जितेमा बेंगलुरु वा गुजरातमध्ये एक टिमले एक खेल हार्दा पञ्जाब शीर्ष २ मा पर्नेछ ।
पञ्जाबले एकमात्र जित निकाल्न सकेको अवस्थामा गुजरात अन्तिम खेलमा पराजित भएपनि पञ्जाबको शीर्ष २ पक्का हुनेछ । दुवै खेल हारेमा भने मुम्बई अंकमा माथि उक्लनेछ र गुजरात पहिल्यै अगाडि रहेकाले पञ्जाब शीर्ष २ मा पर्ने छैन ।
मुम्बई इन्डियन्सको १३ खेलमा १६ अंक छ । मुम्बईले अब पञ्जाबसँग खेल्न बाँकी छ । शीर्ष २ मा पुग्ने सम्भावना सबैभन्दा न्यून रहेको मुम्बईले यस खेल जितेर पञ्जाबले अर्को खेल पनि हार्नुपर्नेछ भने गुजरात वा बेंगलुरुले पनि बाँकी सबै खेल हार्नु पर्नेछ ।
पञ्जाबसँग पराजित भए मुम्बईको प्लेअफ सम्भावना सकिनेछ । यदि मुम्बई १८ अंकमा पुगेर गुजरात हारेमा अंक बराबर भएपनि सर्वाधिक जित पनि बराबर भएर नेटरनरेटमा मुम्बई अगाडि आउन सक्छ ।
यसरी गुजरात, बेंगलुरु र पञ्जाबको बाँकी खेलले तालिकाको शीर्ष २ मा फिनिस गर्ने टोलीको छिनोफानो गर्नेछ । मुम्बईको लागि भने गणितीय सम्भावना बाँकी भए पनि उनीहरूको हातमा हुने छैन।
समग्रमा कुरा गर्दा शीर्ष २ मा पर्नका लागि चारवटै टोलीले अब बाँकी खेल जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया 4