
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको पहिलो सुपरहिट फिल्म बनेको छ र तेस्रो सातामा प्रवेश गरेको छ।
- यसले शुक्रबारसम्म ७ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ र थप कमाइको अपेक्षा गरिएको छ।
- फिल्मको कूल कलेक्सनमा पूर्व र काठमाडौं उपत्यकाको योगदान उच्च रहेको छ।
काठमाडौं । फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको पहिलो सुपरहिट फिल्म बनेको छ । घरेलु बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ ।
तेस्रो शुक्रबार (१५ दिन)को बेलुकी ५ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ७ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । शुक्रबारको रात्रीकालिन शो (५ बजेपछिको) हिसाब आउन बाँकी छ ।
फिल्मले तेस्रो शनिबार पनि राम्रै कमाइ गर्ने प्रक्षेपण गरिएको छ । तेस्रो सप्ताहन्तसम्मको कूल कलेक्सन आइतबार सार्वजनिक हुनेछ ।
तेस्रो शुक्रबार यो फिल्मले देशब्यापी ११२ शो पाएको थियो, जुन आफैमा उत्साहजनक हो । तेस्रो सप्ताहन्त पनि सयभन्दा धेरै शो होल्ड गर्नु आफूमा सुखद अवश्य हो ।
डेटाअनुसार, नवीन चौहान निर्देशित फिल्मको कूल कलेक्सनमा पूर्व र काठमाडौं उपत्यका टेरिटोरीको योगदान उच्च छ । शुक्रबारदेखि प्रदर्शनमा आएका राजेश हमाल स्टारर ‘नरसिंहा अवतार’ र टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ले केही चुनौती सिर्जना गरेपनि यो लभस्टोरी फिल्मको अकुपेन्सी उत्साहप्रद देखिन्छ ।
मुलुकभर बक्सअफिसमा जोडिएका र वैधानिकरुपमा चलेका हलको संख्या १६५ रहेको चलचित्र विकास बोर्डले जनाएको छ । वैधानिकरुपमा चलेका हल सबैमा बक्सअफिस जडान भैसकेको बोर्डको भनाइ छ ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आउने साता रियल टाइम बक्सअफिस उद्घाटन गर्ने तयारी छ ।
प्रतिक्रिया 4