+
+
Shares

के छ रवि र छविलाई थुनामा राख्ने सर्वोच्चको आदेशमा ? (पूर्णपाठ)

सर्वोच्च अदालतले केहीबेर अघिमात्रै रास्वपा सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते २०:५५
रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश पढेर सुनाउँदै सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेल। तस्वीर : चन्द्रबहादुर आले/ अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गर्यो।
  • अदालतले उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरी रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने आदेश जारी गर्यो।
  • अदालतले आदेशको पूर्णपाठ हेर्नुहोस् भने उल्लेख गरेको छ।

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले केहीबेर अघिमात्रै रास्वपा सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ ।

सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै रवि र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

हेर्नुस् आदेशको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?