+

इन्टरलाई एक अंकले पछि पार्दै नापोली सिरि ए च्याम्पियन

२०८२ जेठ  १० गते ८:२३ २०८२ जेठ १० गते ८:२३
इन्टरलाई एक अंकले पछि पार्दै नापोली सिरि ए च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नापोलीले शुक्रबार रातिको जितपछि इटालियन सिरी ए उपाधि जितेको छ ।
  • नापोलीले पछिल्ला तीन वर्षमा दोस्रो र समग्रमा चौथो पटक इटालियन लिगको उपाधि जितेको हो।

१० जेठ, काठमाडौं । नापोलीले शुक्रबार राति काग्लियारीमाथि २–० को जित निकाल्दै इटालियन सिरी ए उपाधि आफ्नो नाममा पारेको छ।

घरेलु मैदानमा भएको खेलमा स्कट म्याकटोमिनेले ४२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफको ५१औं मिनेटमा रोमेलु लुकाकुले अर्को गोल थपे।

यो जितसँगै नापोलीले पछिल्ला तीन वर्षमा दोस्रोपटक र समग्रमा चौथो पटक इटालियन लिगको उपाधि जित्न सफल भएको हो। यसअघि सन् २०२२-२३ को सिरि ए उपाधि पनि नेपालीले जितेको थियो । त्यसअघि भने सन् १९८६-८७ र १९८९-९० को सिजन जितेको थियो ।

यस सिजन उपाधिका लागि नापोलीको इन्टर मिलानसँग कडा प्रतिस्पर्धा भएको थियो। इन्टरले पनि अन्तिम खेलमा कोमोविरुद्ध २–० को जित निकालेको थियो, जहाँ स्टेफान डे फ्रे र जोआक्विन कोरेयाले गोल गरेका थिए।

तर अन्तिम अंक तालिकामा नापोली ३८ खेलमा ८२ अंकसहित एक अंकले इन्टरभन्दा अगाडि रह्यो। इन्टरले ३८ खेलमा ८१ अंक जोड्दै दोस्रो रह्‍यो।

नापोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय