+
+
Shares

भिजिट भिसा प्रकरणमा गृहमन्त्री : गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ (भिडिओ)

आजै विज्ञप्ति जारी गर्दै गृह मन्त्रालय

‘यसमा चिन्ता लिनुपर्ने, आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभरि राजनीति गरेर कुनै पनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते १५:२७
तस्वीर : गृहमन्त्रीको सचिवालय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्रालयले भिजिट भिसामा युवाबाट रकम असुलीको विषयमा विज्ञप्ति निकाल्ने तयारी गरेको छ।
  • गृहमन्त्री रमेश लेखकले यस विषयमा जानकारी दिएर केही दिनमा थप विवरण दिने बताएका छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।

१० जेठ, जनकपुरधाम । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ ।

गृहमन्त्री रमेश लेखकका अनुसार, आजै उक्त विषयबारे प्रष्ट पार्ने गरी मन्त्रालयले विज्ञप्ति जारी गर्नेछ ।

शनिबार बिहान धनुषा पुगेका गृहमन्त्री लेखकले त्यहाँस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा यसबारे जानकारी गराएका हुन् ।

‘ट्वीटरमा लेख्ने के के काम भइरहेका छन् । म दुई तिन दिन चुपो लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने बुझिरहको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ ।’

उनले यो विषयमा आफूले पार्टीपंक्तिको टाउको निहुराउने काम नगरेकाले चिन्ता लिनुपर्ने विषय नभएको पनि दाबी गरे ।

‘यसमा चिन्ता लिनुपर्ने, आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभरि राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने, ‘जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’

यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ ।

आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् ।

कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?