News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
- च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली शनिवार राती दक्षिण कोरिया जाँदैछ।
- एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६औं संस्करण मे २७ देखि ३१ सम्म हुनेछ ।
१० जेठ, काठमाडौं । दक्षिण कोरियामा आयोजना हुने एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६औं संस्करणमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा सहभागि हुन ५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिबार दक्षिण कोरियाको गुमी प्रस्थान गर्दैछ ।
यही मे २७ देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष १५०० र ५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १०० र २०० मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फ ज्याभ्लिन थ्रो र सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८०० र १५०० मिटर दौडमा फुलमती रानाले सहभागिता जनाउने छन् । नेपाली टोलीको प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ, तदर्थ समितिका संयोजक समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले शनिबारै टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाली टोली शनिबार राति ११ बजे दक्षिण कोरिया प्रस्थान गर्नेछ ।
प्रतिक्रिया 4