+
+
Shares

भिजिट भिसा प्रकरणमा गृहले भन्यो- कुनै संलग्नता छैन, छानबिनमा सघाउँछौं

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले कुनै पनि गैरकानुनी कार्यमा संलग्नता नरहेको दाबी गरेको छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनामा मन्त्रालय र मन्त्रीको संलग्नता शंकास्पद रहेको छ।
  • अख्तियारले अनुसन्धान गर्दै गर्दा मन्त्रालयले १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

१० जेठ, काठमाडौं । गृह मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ ।

उक्त प्रकरणमा गृहमन्त्रालय र मन्त्री लेखकप्रति जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्रिवि विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीबारे अनुसन्धान पूरा भएपछि सत्यतथ्य ब्यहोरा बाहिर आउने उल्लेख गर्दै विज्ञप्तिमा छानबिन र अनुसन्धानमा पूर्ण सहयोग हुने बताइएको छ ।
यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ ।

आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् ।

कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?