+
+
Shares

देउवाबारे धनराज- ६/७ पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नहुने बताए।
  • उहाँले भने, ‘राजनीतिमा आफ्नो लक्ष्य देश र जनताको लक्ष्य हुनुपर्छ।’
  • गुरुङले शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्न सफल भएको र अझै बन्नसक्ने बताएका छन्।

१० जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने टिप्पणी गरेका छन् ।

शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाब गरेर बस्न नमिल्ने उल्लेख गरे । उनले राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए ।

‘राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाब गरेर बस्ने होइन । राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो । आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो,’ गुरुङले भने ।

पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसकेको र अझै बन्नसक्ने उनको भनाइ छ ।

दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने उनको भनाइ थियो ।

‘हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन । त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ,’ उनले भने, ‘रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?