+

एचजेबीएल : हाउण्ड्स र टाइम्स पनि विजयी

२०८२ जेठ  १० गते २२:०८ २०८२ जेठ १० गते २२:०८
एचजेबीएल : हाउण्ड्स र टाइम्स पनि विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा बास्केटबल लिगमा हाउण्ड्स एकेडेमीले सामाखुशी युवा क्लबलाई ७३-७० ले पराजित गरेको छ।
  • टाइम्सले रोएल्सलाई १०२-८४ को अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो।
  • हाउण्ड्सको जितमा सौरभ श्रेष्ठले २० अंक स्कोर गरे र मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

१० जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबले शनिबार जित हात पारेका छन् ।

कीर्तिपुर कभर्डहलमा भएको दिनको दोस्रो खेलमा शीर्ष स्थानको हाउण्ड्स पूछारको सामाखुशी युवा क्लबलाई ७३-७० ले हरायो ।

हाउण्ड्सको यो पाँचौ जित हो । जितपछि हाउण्ड्स ६ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा छ । लगातार छैटौं खेल हारेको सामाखुशी अझै जितविहीन छ र ६ अंकसहित पूछारमै छ ।

खेलमा दोस्रो क्वाटर मात्र आफ्नो पक्षमा पारेपनि हाउण्ड्सले रोमाञ्चक जित हात पारेको हो । पहिलो क्वाटरमा दुवै टोलीले समान १९ अंक जोडेको थियो । दोस्रो क्वाटर हाउण्ड्सले २७-१७ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ४६-३६ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर र चौथो क्वाटर सामाखुशीले २०-१४ र १४-१३ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो क्वाटरमा लिएको १० अंकको अग्रता नै हाउण्ड्सलाई जिताउन निर्णायक बन्यो ।

हाउण्ड्सको जितमा सौरभ श्रेष्ठले सर्वाधिक २० अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । सामाखुशीका लागि सुवास लामाले १८ अंक जोडे ।

यस्तै शनिबार भएको पहिलो खेलमा टाइम्सले रोएल्सलाई १०२-८४ को अन्तरले पराजित गर्‍यो ।

चौथो जित हात पारेको टाइम्स ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । रोएल्सको भने चौथो हार हो । ६ खेलबाट रोएल्सको ८ अंक छ ।

टाइम्सले पहिलो क्वाटर २४-११ र दोस्रो क्वाटर २८-२२ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५२-३३ को फराकिलो अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा रोएल्सले खेलमा पुनरागमन गर्ने प्रयास गर्‍यो ।

तेस्रो क्वाटर रोएल्सले २७-२१ ले आफ्नो पक्षमा पारेपनि अन्तिम क्वाटरअघि टाइम्सले ७३-६० को अग्रता कायम राखेको थियो । चौथो क्वाटर टाइम्सले २९-२५ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो ।

टाइम्सका लागि सुरज खड्गीले ३३ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै रोएल्सलका विनोद महर्जनले २३ अंक स्कोर गरे ।

एचजेबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय