+
+
Shares

एआईजी लालमणि आचार्यको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक लालमणि आचार्यको ५६ वर्षको उमेरहदका कारण अवकाश भएको हो।
  • आचार्यको स्थानमा डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ।

११ जेठ, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।

प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको बताए ।

एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ । आचार्य एआईजी बढुवा भएपछि कार्य विभागका कार्यरत थिए ।

उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?