
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म माइतीघरको छायांकन अहिले म्याग्दीको दरबारमा भैरहेको छ जुन अन्तिम चरणमा छ ।
- अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को शिवभक्त लुक्स सार्वजनिक भएको छ।
- फिल्मको प्रदर्शन मिति दशैंको फूलपातीमा तय भएको छ।
काठमाडौं । छायांकन भैरहेको फिल्म ‘माइतीघर’बाट अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ । तस्वीरमा उनी बाबाको भूमिकामा देखिएका छन् ।
हातमा त्रिशुल र डमरु, रुद्राक्षको माला र जटाधारी स्वरुपमा उनी शिवभक्त बाबाको रोलमा देखिएका छन् । अहिले म्याग्दी खोला किनारकोे दरबाङ क्षेत्रमा फिल्मको छायांकन भैरहेको छ ।
निर्माता रोहित अधिकारीका अनुसार हिमाली गाउँ ताकम र धारापानीपछि अहिले दरबाङमा छायांकन भैरहेको छ । माग्ने बुढाको लुक्सले कारणले पनि यो फिल्म दर्शकमाझ चर्चाको विषय बनेको छ ।
८० प्रतिशत छायांकन सकिएको फिल्मको छायांकन अहिले अन्तिम चरणमा छ । एउटा गीतको सुटिङ ताकममा भैसकेकोे छ भने थप दुई गीतको सुटिङ कास्कीको सिक्लेस र बेगनास तालमा हुनेछ ।
यसअघि छ माया छपक्कै, गाजलु र फर्की फर्कीजस्ता हिट फिल्म निर्माण गरेका अधिकारीको यो चौंथो प्रोेजेक्ट हो । यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ, रजनी गुरुङ लगायतको अभिनय छ ।
मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । प्रदर्शन मिति दशैंको फूलपातिलाई तय गरिएको छ ।
प्रतिक्रिया 4