+

यू-२० महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा याम गुरुङ नियुक्त

२०८२ जेठ  ११ गते १४:०४ २०८२ जेठ ११ गते १४:०४
यू-२० महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा याम गुरुङ नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • याम गुरुङ यू-२० महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
  • टोलीमा सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की सहायक प्रशिक्षक छन्।
  • साफ यू-२० महिला च्याम्पिनसिपलाई लक्षित गरी छनोट प्रक्रिया पनि सुरु भएको छ।

११ जेठ, काठमाडौं । नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा याम गुरुङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार गुरुङलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो।

टोलीमा सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की सहायक प्रशिक्षकको भूमिकामा रहने छन् भने मिन बहादुर बस्नेत गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा रहनेछन्। टिम म्यानेजरको रूपमा इन्दु दुवालले व्यवस्थापनको जिम्मा सम्हाल्नेछिन्।

यसैबीच एन्फा कम्प्लेक्समा यू-२० महिला टिमको छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

साफ यू-२० महिला च्याम्पिनसिप २०२५ लाई लक्षित गरी छनोट प्रक्रिया सुरु गरिएको हो ।

महिला यू-२० फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय