+
+
Shares

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा ३१ महिला उद्यमी सम्मानित

बैंकका अनुसार वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १५:४१

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औं वार्षिकोत्सवका अवसरमा ३१ महिला उद्यमीलाई सम्मान गरेको छ ।

बैंकले ४ देखि १० जेठसम्म महिनाव्यापी रूपमा वार्षिक उत्सव मनाउने क्रममा देशभरिका शाखामार्फत उनीहरूलाई सम्मान गरिएको जानकारी दिएको छ ।

बैंकका अनुसार वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलता समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

यस्तै बैंकले वार्षिकोत्सवका अवसरमा ६ जेठमा १० शाखा कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रम मार्फत ३ सय २० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ ।

बैंकले ७ जेठमा केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालय मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभूषा प्रर्दशन गरिएको थियो । यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरिएको थियो ।

त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरता सहित प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको बैंकले जनाएको छ ।

प्रभातफेरीमा बैंकिङ सेवा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्ड प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?