+
+
Shares

युवा संघको अध्यक्षका लागि सुमन पुरीले दर्ता गरे मनोनयन

पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि पुरीले अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुमन पुरीले युवा संघको अध्यक्ष पदको मनोनयन दर्ता गरे, सर्वसम्मत प्रयास असफल भएपछि।
  • पुरीको प्रस्तावकमा अरूण कुँवर र जीवन शाही रहेका छन्, मनोनयन आज बेलुकी ७ बजेसम्म दर्ता भयो।
  • पुरी र थेबेबीच अध्यक्ष पदको प्रतिस्पर्धा हुनेछ, पुरी निवर्तमान महासचिव हुन्।

११ जेठ, पोखरा । युवा संघको अध्यक्षका लागि सुमन पुरीले मनोनयन दर्ता गराएका छन् ।

पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि पुरीले अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

पुरीको प्रस्तावकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष अरूण कुँवर र समर्थक कर्णाली प्रदेश अध्यक्ष जीवन शाही छन् ।

आज बेलुकी ७ बजेसम्मका लागि मनोनयनको समय तोकिएको थियो। सोही समयभित्रै उनले मनोनय दर्ता गराएका हुन् । अब पुरी र थेबेबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ ।

पुरी युवा संघको नेतृत्वका लागि निवर्तमान कार्यसमितिका महासचिव हुन् भने थेवे निवर्तमान अध्यक्ष हुन् ।

यस्तै युवासंघको उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले सुमनको समूहबाट मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?