+
+
Shares

गल्फ खेल्न सिक्दै मनीषा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री मनीषा कोइराला काठमाडौंमा छन् र गल्फ खेल्न सुरु गरेकी छन्।
  • उनी सन् २०२५ मा ‘हीरामण्डी’को दोस्रो सिजन निर्माण र फिल्म ‘वैद’ को प्रदर्शनको तयारीमा छन्।
  • मनीषाले नेपाली फिल्मको विकासको प्रशंसा गर्दै पुनः नेपाली फिल्ममा फर्किन चाहेको व्यक्त गरेकी छन्।

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा छिन् । सुपरहिट नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी : डायमण्ड बजार’पछि उनी यतिबेला ब्रेकमा छिन् । केही समययता काठमाडौंस्थित घरमा परिवारसहित उनको दिनचर्या बितिरहेको छ ।

यो मेसोमा, उनी नेपाल गल्फ क्लबमा पुनः गल्फ खेल्न सुरु गर्दैछिन् । सामाजिक संजालबाट उनले प्रशंसकलाई यसबारे जानकारी दिँदै गल्फ सिक्दै गरेको आकर्षक फोटो सेयर गरेकी छन् । उनी साथीहरूसँग देखिएकी छन् ।

शारिरीक र मानसिक स्याहार, सन्तुलन जीवनशैलीको तालिका अपनाउँदै आएकी मनीषालाई यो गल्फ सिकाइ प्रभावकारी हुने अपेक्षा छ ।

कामको कुरा गर्दा, सन् २०२५ मा ‘हीरामण्डी’को दोस्रो सिजन निर्माण हुने अपेक्षा छ । उनी अभिनित हिन्दी सुपरन्याचुरल थ्रीलर फिल्म ‘वैद’ मार्च २१, २०२५ मा प्रदर्शन तयारीमा छ ।

अनुभव सिन्हाको आगामी थ्रीलरमा पनि उनी हुमा कुरेशीसँग देखिने चर्चा छ । पछिल्लो समय उनले लगातार नेपाली फिल्म हेरिरहेकी छन् । उनले नेपाली फिल्मको विकासक्रमको प्रशंसा समेत गर्दै आएकी छन् । हालै सम्पन्न निफ फिल्म फेस्टिभलमा उनले नेपाली फिल्ममा फर्किने इच्छा व्यक्त गरेकी थिइन् ।

उनी हालै मुम्बईमा आयोजित वेभ्स सम्मेलनमा पनि सहभागी थिइन् जहाँ उनले मनोरञ्जन जगतको विकासबारे चर्चा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?