
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौंको टंकेश्वरबाट मोबाइल लुटपाटको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुरज थापा मगर, सन्तोष तामाङ र प्रवीन भण्डारी छन्, जसले पटक पटक लुटपाट गरेको स्वीकार गरेका छन्।
- उनीहरूलाई आठ वटा चोरी तथा लुटपाटको घटनामा संलग्न भएको प्रहरीले जनाएको छ।
१२ जेठ, काठमाडौं । मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका–३ का १९ वर्षीय प्रवीन भण्डारी छन् ।
उनीहरुलाई काठमाडौंको टंकेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । आइतबार मात्रै राति साढे ८ बजेतिर टंकेश्वरमा मोबाइल लुटेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले यसअघि पनि पटक पटक मोबाइल लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । यसअघि उनीहरु आठ वटा चोरी तथा लुटपाटको घटनामा संलग्न भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका मध्ये च्वाँचे २०८० मा अभद्र व्यवहारको कसुरमा र प्रवीण २०८१ मा चोरीको कसुरमा सजाय भागेर निस्केका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4