News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विद्यार्थीलाई रोजगारसँग जोड्न पेड इन्टर्नसिप कार्यक्रम लागू गर्न माग गरेको छ।
 - संघले प्रविधि कम्पनीहरूलाई नेपालमा दर्ता गर्न र अनुकूल वातावरण बनाउन आग्रह गरेको छ।
 - सरकारले प्रविधि क्षेत्रको विकासका लागि कर छुट, लाइसेन्स शुल्कमा छुट र भाडामा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गर्नुपर्ने माग गरिएको छ।.
 
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विद्यार्थीलाई रोजगारीसँग जोड्न पेड इन्टर्नसिप कार्यक्रम लागू गर्न माग गरेको छ ।
संघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई रोजगार बजारसँग प्रत्यक्ष रूपमा जोड्न अनिवार्य पेड इन्टर्नसिपको कार्यक्रम लागू गर्न माग गरेका हुन् ।
अध्ययनकै क्रममा व्यावसायिक अनुभव प्रदान गर्न सातै प्रदेशमा प्रविधिक तथा व्यावसायिक शिक्षाका केन्द्रहरू विस्तार गरी अनुसन्धान तथा उद्यमशीलता प्रवर्धन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा माइक्रोसफ्ट, मेटा, गुगल, ओराकल लगायत प्रविधि कम्पनीहरुलाई नेपालमा दर्ता गर्न, कार्यालय खोल्न अनुकूल वातावरण बनाउन माग गरिएको छ । ‘सूचना तथा प्रविधि क्षेत्रको समग्र विकासका लागि सरकारले कर छुट, सहुलियत, लाइसेन्स शुल्कमा छुट लगायत प्रोत्साहनात्मक कार्यक्रमहरू ल्याउनु आवश्यक छ’ नेविसघंको ध्यानाकर्षणपत्रमा भनिएको छ,‘त्यसैगरी, सरकारले सूचना तथा प्रविधि कम्पनीहरूलाई भाडामा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरियोस् ।’
अन्तर्राष्ट्रिय पेमेन्ट गेट वे सहज रुपमा सञ्चालनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4