+

युके टुरका सबै अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको जित

२०८२ जेठ  १३ गते ७:५४ २०८२ जेठ १३ गते ७:५४
युके टुरका सबै अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ग्लामोर्गानलाई एकदिवसीय अभ्यास खेलमा ५० रनको जित हासिल गरेको छ।
  • नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २९४ रन बनाएको थियो।
  • ग्लामोर्गानले वर्षाका कारण ३४ ओभरमा २३३ रनको लक्ष्य पाउँदा १८२ रनमा अलआउट भयो।

८ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले अन्तिम अभ्यास एकदिवसीय खेलमा पनि जित हासिल गरेको छ ।

सोमबार नेपालले ग्लामोर्गानको दोस्रो रोजाइको टिमलाई डिएल पद्दति अनुसार ५० रनले हराएको हो । नेपालले दिएको २९५ रनको लक्ष्य पछ्याएको ग्लामोर्गानका लागि बीचमा वर्षाले खेल रोकिँदा ३४ ओभरमा २३३ रनको लक्ष्य बनेको थियो ।

ग्लामोर्गान ३०.४ ओभरमा १८२ रनमा अलआउट भयो । हनरी हर्लेले सर्वाधिक ४२ रन बनाए । एडी बायरमले ३१ तथा होप बेलले २८ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ५ ओभरमा १९ रन दिएर ४ विकेट लिए । त्यस्तै नन्दन यादवले २ विकेट लिँदा सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २९४ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले ९२ रन बनाए । रोहित पौडेलले ६१ तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४९ रन बनाए ।

ग्लामोर्गानका लागि एडवार्ड लियोनार्डले ३ विकेट लिए । बेन मोरिसले २ तथा रोमानो फ्रान्कोले १ विकेट लिए ।

यसअघि नेपालले कार्डिफ युनिभर्सिटीको टोली, एमसीसीसँगको एकदिवसीय अभ्यास खेल पनि जितेको थियो । त्यस्तै ग्लोसेस्टरशायरसँगको दुवै टी-२० अभ्यास खेल जितेको थियो ।

नेपालले अब लिग २ अघि स्कटल्याण्ड गएर स्कटल्याण्डको ए टोलीसँग पनि २ अभ्यास खेल खेल्ने छ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय