+
+
Shares

३१औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १०:४०

१३ जेठ, काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गएको वर्ष शेर्पाले २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । मंगलबार पनि सगरमाथाको शिखरमा पुगेर उनले ३१ औंपटक आरोहण गरेको विश्व कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी शेर्पा गाइडको रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?