+
+
Shares

संसद् बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद् बैठक १३ जेठमा काठमाडौंमा स्थगित भयो।
  • सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको अवरोधका कारण बैठक आधा घन्टाका लागि स्थगित भएको बताए।
  • बैठक स्थगितको निर्णय प्रतिपक्षी दलको अवरोधका कारण भएको हो।

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए ।

विपक्षी दलहरूले स्वतन्त्र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग समितिको माग गर्दै नारावाजी गरिरहे ।

विपक्षी दलहरूको अवरोधका बीच सभामुख देवराज घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए । तर, विपक्षी दलका सांसदले नारावाजी सुरु गरेपछि सभामुखले उनलाई आशन ग्रहण गर्न लगाए । र, बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?