
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद सरोजकुमार सिंहको मोबाइल नियन्त्रणमा लिएको छ ।
- अख्तियारले सांसद सिंहको स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
- विभिन्न उपभोक्ता समिति गठन गरी समितिको खातामा भुक्तानी भएको रकम कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको सांसद सिंहमाथि अख्तियारको आरोप छ ।
१३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहको ग्याजेट (विद्युतीय उपकरण) र उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।
सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन् ।
अख्तियारले सोमबार दिउँसो सांसद सिंहको घरमा छापा हानेको थियो । सो क्रममा उनले प्रयोग गरिरहेको विद्युतीय उपकरण र उनका स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिएको जनाएको हो ।
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिको खातामा भुक्तानी भएको रकम स्वकीय सचिव कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको अख्तियारको आरोप छ ।
त्यही उजुरीको अनुसन्धानको सिलसिलामा स्वकीय सचिव र उपकरण नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया 4