
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर दुई व्यक्तिलाई पक्राउ गरिएको छ।
- एलिया तामाङ र कृष्ण कुमार घिमिरेले पीडितबाट रकम ठगी गरेको जाहेरीका आधारमा पक्राउ परेका हुन्।
- उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभागलाई जिम्मा लगाइएको छ।
१३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । । पक्राउ पर्नेमा कञ्चनपुर पुनरबास नगरपालिका–२ घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीया एलिया तामाङ र दोलखा वैतेश्वर गाउँपालिका–६ का काठमाडौंमै बस्दै आएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।
यूके पठाइदिन्छु भन्दै तामाङले पीडितहरुबाट ६ लाख रुपैयाँ र घिमिरेले क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा मंगलबार उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
विदेश पठाइदिनेभन्दै रकम असुलेका उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4