
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि संसद्मा बजेट प्रस्तुत गर्न दिने भएको छ।
- कार्यबाहक प्रवक्ता मनीष झाले संवैधानिक प्रक्रियाअनुसार बजेट ल्याउन दिने बताए ।
- विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र छानविनको माग राख्दै संसद् अवरोध गरिरहेका छन्।
१४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।
कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् । तर संवैधानिक व्यवस्था बमोजिम भोलि (१५ जेठमा) प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाले बताए ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताए । ‘गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं’, उनले भने ।
प्रतिक्रिया 4