+
+
Shares

पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले भिटिज भिसा प्रकरणमा आरोपको स्पष्टिकरणका लागि पत्रकार सम्मेलनको तयारी गरेका छन्।
  • उनी निकट स्रोतले बताए, संसद् बैठकमार्फत् आफ्नो कुरा राख्ने तयारी छ, विपक्षीहरूले अवरोध गरेपछि।
  • गृहमन्त्रीले संसद् अवरोध हटाएर बोल्ने योजना बनाएका छन्, नभए भने पत्रकार सम्मेलनमार्फत् आफ्नो कुरा व्यक्त गर्नेछन्।

१४ जेठ, काठमाडौं । भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ । तर विपक्षीहरूको अवरोध हटे संसद् बैठकमार्फत आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरूले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यहीं सम्बोधन गर्ने तयारी छ,’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?