
१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ ।
मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा अचानक घरमा लडेका थिए । घरमा लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।
नगरकोटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनलाई महानगर प्रमुख बालेन साह, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरूले आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4