+
+
Shares

डीडीसी कर्मचारीको सुविधा कटौती, महाप्रबन्धकमा पाण्डे

दुग्ध किसानलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्था लगायत कारण दैनिक १ लिटर दूध र मासिक १ लिटर घिउको सुविधा कटौती गर्नुपरेको कृषि मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि मन्त्रालयले दुग्ध विकास सस्थानको कर्मचारीलाई दिइएको दूध र घिउको सुविधा कटौती गरेको छ।
  • दुग्ध किसानलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्था लगायत कारण सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

१४ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डीडीसी) अन्तर्गतका कर्मचारीले पाउँदै आएको दैनिक १ लिटर दूध र मासिक १ लिटर घिउको सुविधा आज बुधबारदेखि कटौती गरेको छ ।

दुग्ध किसानलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्था लगायत कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

अन्य सार्वजनिक संस्थानहरूमा पनि संस्थान घाटा/नोक्सानीमा गएका बेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुविधा कटौती आवश्यक रहेको ठहर गरेको छ ।

यसअघि मन्त्रालयले संस्थान व्यवस्थापन समक्ष खाइपाइ आएको सेवा सुविधाको जानकारी मागेको थियो । आजै मन्त्रालयले संस्थान महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई नियुक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?