+
+
Shares

सीआईडीको इन्स्पेक्टर र असई भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ

आफूहरु सीआईडीको इन्स्पेक्टर र असई भन्दै रकम उठाइदिने भनेर उनीहरुले ४ लाख ५० हजार नगद र साढे २ लाखको चेक बुझेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १४ जेठमा ३४ वर्षीय रामकुमार सापकोटा र २८ वर्षीय ओव्जन चदारा पक्राउ गरे।
  • उनीहरूले वैदेशिक रोजगारीमा दुबई जान लागेका व्यक्तिबाट रकम ठगी गरेको आरोप लागेको छ।
  • पक्राउ परेकाले ४ लाख ५० हजार नगद र साढे २ लाखको चेक बुझिएको प्रहरीले जनाएको छ।.

१४ जेठ, काठमाडाैं । सीआईडीमा कार्यरत इन्स्पेक्टर र असई भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुराको बढिनन्दा नगरपालिका–३ का २८ वर्षीय ओव्जन चदारा छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कीर्तिपुर ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा दुबई जान लागेर ३० लाख ठगीमा परेका व्यक्तिको रकम उठाइनिदे भन्दै उल्टै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

आफूहरु सीआईडीको इन्स्पेक्टर र असई भन्दै रकम उठाइदिने भनेर उनीहरुले ४ लाख ५० हजार नगद र साढे २ लाखको चेक बुझेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उनीहरुबाट प्रहरीले ३ थान मोबाइल, गंगा पाण्डेको नाममा काटिएका ३ थान चेक, राकुमार सापकोटाको नाममा काटिएका २ लाख ५० हजा बराबरको चेक, इशा थापाको नाममा काटिएको १ लाख ३ हजार उल्लेख गरिएको चेक, गणेश प्रजाको नामको २५ हजारको चेक बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?