+
+
Shares

नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, घण्टौंको ट्राफिक जामले यात्रु आजित

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेका थिएनन् । आज बिहानपख नागमन्दिर नजिक बस दुर्घटना भएपछि झन् बढी सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते ७:२०
ट्राफिक जाममा परेका सवारी साधनहरुको ताँती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको बस दुर्घटनामा तीन जना घाइते भएका छन्।
  • बस नालीमा खसेपछि बाटो जाम भएर सवारी साधनको लामो लाइन लागेको छ।
  • बसलाई हटाउन क्रेन पठाइएको छ र बाटो खुलाउन केही घण्टा लाग्ने अनुमान गरिएको छ।

१५ जेठ, काठमाडौं । काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।

बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेका थिएनन् । आज बिहानपख नागमन्दिर नजिक बस दुर्घटना भएपछि झन् बढी सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?