+
+
Shares

मटरकोसाको भाउ बढ्यो, किलोको कति ?

हिजो बुधबारको तुलनामा आज बिहीबार मटरकोसाको भाउ थोकमा प्रतिकिलो ४० रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते ११:१३

१५ जेठ, काठमाडौं । स्थानीय बजारमा मटरकोसाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मटरकोसाको भाउ बढेको देखाएको हो ।

हिजो बुधबारको तुलनामा आज बिहीबार मटरकोसाको भाउ थोकमा प्रतिकिलो ४० रुपैयाँ बढेको हो । आज कालीमाटी बजारमा मटरकोसा प्रतिकिलो १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बुधबार भने मटरकोसा प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको थियो । यस्तै वैशाख पहिलो साता मटरकोसा किलोको ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?