+
+
Shares

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १२:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा र राजावादी समूहले जेठ १५ मा काठमाडौंमा आयोजना गर्न लागेको आन्दोलनमा सहभागी नहुने निर्णय गरे।
  • केन्द्रीय सचिव प्रेमदिप लिम्बूले सहकार्य नरहेको र कुनै घटना भए जिम्मेवारी नलिने बताए।
  • आन्दोलनमा सहभागी नहुने राप्रपा र समूहले विज्ञप्ति जारी गरी स्पष्ट पारे।

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ ।

राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेको सो अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले जानकारी गराएका छन् ।

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनअन्दोलन भएकोले हाम्रो सहाकार्य नरहेकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौं,’ लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा जनाइएको छ ।

राप्रपासहितका राजावादी समूहले प्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?