
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री रेखा थापाले डेब्यु नाटक ‘मीरा’को प्रिमियर स्थगित गरेकी छन्।
- राजनीतिक प्रदर्शन र सुरक्षाका कारण प्रिमियर र ‘महाभोज’को प्रदर्शन रोकिएको हो।
- प्रिमियर आगामी जेठ १९ गते गर्ने तयारी गरिएको छ।
काठमाडौं । अभिनेत्री रेखा थापाले डेब्यु गर्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित भएको छ ।
गणतन्त्र दिवसको अवसरमा विहिबार राजधानीमा सत्तारुढ एमाले र राजावादी दलहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि राजनीतिक परिस्थितीलाई ध्यानमा राख्दै मञ्चन प्रिमियर स्थगित गरिएको जनाइएको छ ।
कलाकार, अतिथि र दर्शकको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको जानकारी रेखाले दिएकी छन् ।
सामाजिक संजालमा उनले लेखेकी छन्, ‘ आजको असहज राजनीतिक परिस्थितिका कारण आजकै लागि तय गरिएको मेरो पहिलो नाटक ‘मीरा’ को प्रिमियर स्थगित गर्नु परेको जानकारी गराउनुपर्दा अत्यन्तै दुःखी छु । कलाकार, दर्शक र अतिथिको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपर्यो ।’
अब यो नाटकको प्रिमियर आगामी सोमबार जेठ १९ गते गर्ने तयारी रहेको कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । यो नाटकको लागि टिकटहरू बिक्री भैसकेको थियो ।
राजनीतिक स्थितीलाई ध्यानमा राख्दै विहीबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाभोज’को प्रदर्शन पनि रोकिएको छ ।
प्रतिक्रिया 4