+
+
Shares

चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने संशोधित अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले चालु आर्थिक वर्षको बजेटको ८९.४ प्रतिशत मात्र खर्च हुने अनुमान गरेको छ।
  • अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटको संशोधित अनुमान प्रस्तुत गरे।
  • यस वर्षको बजेट १८ खर्ब ६० अर्ब रहेको र खर्च १६ खर्ब ६२ अर्बसम्म सीमित हुने अपेक्षा गरिएको छ।

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कूल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेस गरेका हुन् ।

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।

चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगततर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?