+
+
Shares

शिक्षक बैंकको स्थापना गर्ने घोषणा

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:१५

१५ जेठ, काठमाडौं । सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ ।

संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै शिक्षक बैंक स्थापना गर्ने घोषणा गरेका हुन् ।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो ।

‘स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने’ मन्त्री पौडेलले बताए ।

शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने उनले बताए । अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभाव हुन नदिने घोषणा उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?