+
+
Shares

बजेटमा ईभी करबारे अर्थमन्त्री : ‘निर्णयमा गर्व छ’

यसपालि ईभीमा कर बढ्ने हल्ला बजेटभन्दा निकै अघिदेखि चलेको थियो । सोही कारण व्यापारीले ईभी आयात ह्वात्तै बढाएका थिए । ती सवारीसाधन अहिले भन्सारमा थन्केका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधनमा कर नबढाउने निर्णयप्रति गर्व व्यक्त गरे।
  • बजेटले ईभीमा कर नबढाउने निर्णयले व्यापारीहरूले आयात ह्वात्तै बढाएको र भन्सारमा सवारीसाधन थन्किएको अवस्थामा उनले पुराना निर्णयहरूको समीक्षा गर्न आग्रह गरे।
  • उहाँले भने, ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु।’

१६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन (ईभी) मा कर यथावत गर्ने निर्णयप्रति गर्व रहेको बताएका छन् ।

बिहीबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे आज शुक्रबार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले ईभी करबारेको निर्णयप्रति आफ्नो धारणा सुनाएका हुन् ।

यसपालि ईभीमा कर बढ्ने हल्ला बजेटभन्दा निकै अघिदेखि चलेको थियो । सोही कारण व्यापारीले ईभी आयात ह्वात्तै बढाएका थिए । ती सवारीसाधन अहिले भन्सारमा थन्केका छन् ।

बजार हल्ला विपरीत बजेटले ईभीमा कर नचलाएपछि उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु ।’

ईभीको करमा उनले पुराना निर्णय हेर्नसमेत आग्रह गरे । ‘ईभीको विषयमा मैले थप केही भन्नु परेन, यसमा मैले यतिभन्दा हुन्छ कि नेपालमा ईभीका सन्दर्भमा कुन–कुन कार्यकालमा कस्ता–कस्ता निर्णय भए, कुन बजेटले के–के गर्‍यो भन्ने कुराको सूची फ्ल्यासब्याक गर्‍यो भने सबै कुरा थाहा भइहाल्छ,’ अर्थमन्त्री पौडेलले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?