News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फाले असार २० गतेदेखि यु-१६ युथ लिग सुरु गर्ने निर्णय गरेको छ।
- प्रतियोगितामा सहभागी क्लबहरूले नाबालक परिचयपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
- क्लब दर्ता असार ५ गतेसम्म र खेल तालिका असार १६ गते सार्वजनिक गरिनेछ।
१६ जेठ, काठमाडौं । एन्फा यू-१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच शुक्रबार एन्फा यु-१६ युथ लिग सम्बन्धी छलफल भएको थियो ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न उक्त छलफल पछि एन्फाले असार २० देखि एन्फा यु-१६ लिग सुरु गर्ने निर्णय भएको जनाएको छ । साथै सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप रु ३ लाख ५० हजार प्रदान गर्ने निर्णय पनि गरिएको एन्फाले जनाएको छ ।
प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ। क्लबहरूले न्यूनतम खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ ।
एन्फाका अनुसनर क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्नेछ भने प्रतियोगिताको खेल तालिका असार १६ गते सार्वजनिक गरिनेछ।
छलफलमा एन्फाका महासचिव किरण राई, एन्फा केन्द्रीय सदस्यहरू मनिष जोशी, पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, प्रवक्ता सुरेश शाह, सिइओ इन्द्रमान तुलाधर तथा ए डिभिजन क्लबहरूको प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4