+
+
Shares

उत्पादन पछिमात्रै आईपीओ जारी गर्न पाउने नियमले समस्या : अध्यक्ष कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजना समयमा नसकिने बताएका छन्।
  • उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएको र ऊर्जा क्षेत्रमा समस्या देखिएको बताए।
  • उनले ६१ खर्ब आवश्यक पर्ने ऊर्जा आयोजना अघि नबढ्ने शंका व्यक्त गरे।

१७ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरूको काम समयमा नसकिने अवस्था रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ । उत्पादन पछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्या हुने दखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजनाहरु लाइसेन्स लिएको बसेको अवस्था रहेको,’ उनले भने ।

५६०० मेगावाट आयोजनाहरू लाइसेन्स बसेको र १७ हजार भन्दा बढी मेगावाट क्षमताका आयोजनाहरू रन अफ रिभरमा रहेको उनले बताए ।

‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत् खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?